कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी


काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका छन् । अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई अनुसन्धान विभागकाे जिम्मेवारी दिइएको हो।

भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन्। डा.भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए ।