काठमाडौं – गत शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बजारमा सकारात्मक प्रभाव देखिएको छ । फलस्वरुप मौद्रिक नीति प्रश्चात्को बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ ।
पहिलो पटक बजार खुलेको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ्ग सूचक सबैभन्दा धेरै ८.९ प्रतिशत बढेको छ। बजारमा सकारात्मक सर्किट लाग्दा बैंकको शेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको हाे। अधिकांश वाणिज्य बैंकको मूल्यमा अपर सर्किट लागेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसअवधिमा २४४ कम्पनीको १३ लाख २०५ कित्ता शेयर ४ हजार ७३३ पटक खरिदबिक्री हुँदा ५१ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



About Us
प्रतिक्रिया