काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। शेयर बजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा रोकिएको हो । मौद्रिक नीतिले लगानीकर्तामा उत्साहको माहोल छाउँदा बजारमा हरियाली देखिएको हो ।
साताको पहिलो दिन नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो। बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । नेप्से १२५.३२ अकंले बढेर २६९३.४६ बिन्दुमा पुगेको छ। यस समयमा २२१ कम्पनी फाइदामा जादा, ११ वटा कम्पनी घाटा गएका छन् ।
शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ।
दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ्ग सूचक सबैभन्दा धेरै ८.९ प्रतिशत बढेको छ । विकास बैंक ४, फाइनान्स २.३, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ३, लगानी ४.८, जीवन बीमा ४.१, उत्पादन ४.३, माइक्रोफाइनान्स २.८, अन्य ३.७ तथा व्यापार समूह ७.२ प्रतिशत बढेको छ । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले शेयर लगानीकर्तामा उत्साह छाएको हो।
प्रतिक्रिया