ईसेवाको कर्मचारी हो भन्दै ७ लाख भन्दा बढी ठगी गर्ने २ जना पक्राउ

ईसेवाको कर्मचारी हो भन्दै ७ लाख भन्दा बढी ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ई(सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका २ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई पक्राउ गरेको हो ।

ठगी गर्ने व्यक्तिले ९८२९४०२०४९ नम्बरबाट ई(सेवाको कर्मचारी बोलेको भनेर पीडितलाई फोन गरी आफ्नै ई(सेवाको अकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरेमा २५ सय रुपैयाँ बोनस पाइन्छ भनेर बताएका थिए

पछि पीडितले आफ्नो अकाउन्ट रकम जम्मा गरेपछि बोनस प्राप्त गर्नका लागि कुराकानी गर्दा विभिन्न कुरा गरी विश्वासमा पारी पीडितको ई(सेवा आईडीको ओटीपी कोड प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेका थिए ।
ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आईफोन १३ प्रो म्याक्स एक लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको महाशाखाले जनाएको छ ।
यसैगरी ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिका खातामा समेत पठाइएको पाइएको महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल प्रहरीले अनलाइन माध्यममा हुने यस्ता ठगीबाट जोगिन आफ्नो युजर आईडी तथा पासवर्ड र ओटीपी कसैलाई नदिन आग्रह गर्दै आएको छ ।