भुक्तानी, समाशोधनसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी, समाशोधन र फस्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने बताएको छ । केन्द्रीय बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा थोक सिबिडिसीको प्रारुप डिजाइन क्यारेक्टिस्टिक तयार गर्ने कार्य अगाडि बढाइने बताएको छ ।

त्यस्तै, राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबाट गरिने कारोबारलाई थप पारदर्शी बनाई उक्त संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धि गर्नका लागि भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताएको छ ।