बैंक तथा वित्तीय संस्थामा एआईको सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) मार्गदर्शन तर्जुमा गर्ने भएकाे छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

केन्द्रीय बैंकले तथा वित्तीय संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिने बताएको छ ।