काठमाडौं– नेपाल राष्ट्र बैंकले नियामक खुद्रा पोर्टफोलियो सिमालाई बढाएको छ । विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियो सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने भएको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषमा परेको दबाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरूबीच थप सामञ्जस्ययता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१/८२ को लागि उस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया