राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएकाे छ। दिउँसो सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

मौद्रिक नीतिको मस्यौदा पारित गर्न गभर्नर महाप्रसाद अधिकारीले बोर्ड (सञ्चालक समिति) को बैठक बिहानदेखि सुरु भएको छ। बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामाथि छलफल गरी पारित गर्नेछ। बोर्ड बैठकले पारित गरेपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि गत शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति तयारी पुरा नभएको भन्दै रोकिएको थियो।