राष्ट्रिय वाणिज्य बैंकको डीईओमा राम कुमार थापा


काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृत (डीईओ)मा राम कुमार थापा नियुक्त भएका छन् । गत साउन ३ गते बसेको बैंक सञ्चालक समितिको निर्णयअनुसार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका थापा हाल राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रबन्धकको रुपमा कार्यररत थिए । राम कुमारले २०५४ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका हुन् ।