काठमाडौं- साताको शेयर कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा पुगेको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्स उपसूचक ६ दशमव ८३ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । जुन कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै आज सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया