काठमाडौं– ३ अर्बको ऋणपत्र निष्कासनका लागि प्राइम कमर्सियल बैंकले सेबोनमा निवेदन दिएको छ । बैंकले ऋणपत्र ल्याउने प्रक्रियाको सुरुवात गरेसँगै ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८ प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
प्रतिक्रिया