ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी


काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र रेग्मी नियुक्त भएका छन्। बैंकको आज बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो। रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन्।

बैंकिङ्ग क्षेत्रमा ३० बर्ष बढी अनुभव रहेको उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन्। रेग्मी यसअघि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए।