हिमालनय बैंकको बनेपा शाखा पनौतीमा सारिँदै


काठमाडौं – हिमालयन बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले बनेपा शाखा पनौतीमा स्थानान्तरण गरेको हो ।

बैंककाअनुसार साविक सिभिल बैंकको काभ्रेको बनेपा नगरपालिका ८ बसपार्कस्थि तबनेपा शाखा–२ स्थानान्तरण गरी पनौति नगरपालिका–७ बाट सञ्चालन गरिनेछ ।

बैंकले साउन १३ गतेदेखि शाखा स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा प्रवाह गर्नेछ । साविक स्थानबाट करि ६.२ किलोमिटर दक्षिणतिर सारिने बैंकको भनाइ छ ।