काठमाडौं – प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरुले बैंकिङ्ग लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारी पलायन हुने क्रम बढेको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले बताएको छ ।
बुधबार सिबिफिनको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गर्ने क्रममा सो विषय उठाएको हो ।
साथै, समग्र आर्थिक एवं बैंकिङ्ग क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ्ग विकासका पहलकदमीहरु अवलम्बन हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ ।



About Us
प्रतिक्रिया