२७ अंकले घट्यो शेयर बजार,कारोबार रकम कति ?

२७ अंकले घट्यो शेयर बजार,कारोबार रकम कति ?


काठमाडौं – केही दिन यता निरन्तर बढिरहेको शेयर बजार आज (बुधबार) भने घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक २९ दशमव ३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ ।

आज ४६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूय घटेको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ताको शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।