अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिँदा न्यूनतम १० करोड र अधिकतममा ५ करोडले निःशेष भाग जानेगरी कुल निष्काशित रकमसम्मका लागि आवेदन दिन सकिनेछ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।

 साँवा र ब्याज भुक्तानी मिति असार ३० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ,ख र ग वर्गका बैक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।