काठमाडौं – साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे छ । प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्न लागेकाे कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ।






About Us
प्रतिक्रिया