मध्यमवर्गलाई राहत पुग्ने गरी आयो भारतको नयाँ बजेट

मध्यमवर्गलाई राहत पुग्ने गरी आयो भारतको नयाँ बजेट


काठमाडौं – भारत सरकारले मध्यमवर्गलाई राहत दिने गरी बजेट सार्वजनिक गरेको छ। वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा भारु ३ लाखसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरिएको छ।

नयाँ बजेट अनुसार अब भारु ३ देखि ७ लाखसम्म ५ प्रतिशत मात्रै आयकर लाग्ने छ । टाइम्स अफ इन्डियाका अनुसार यसअघि यो सीमा भारु ३ देखि ५ लाखसम्म मात्रै थियो ।

यसैगरी नयाँ बजेट अनुसार ७ देखि १० लाखसम्म १० प्रतिशत, १० देखि १२ लाखसम्म १५ प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत र १५ लाखदेखि माथि ३० प्रतिशत आयकर लाग्ने छ ।