निफ्रा बैंकका अधिकांश सूचकमा गिरावट


काठमाडौं – नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ। बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोेड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेर २ अर्ब ५४ कारेड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर एक करोड चार लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा बैंकको यस्तो आम्दानी दुई करोड २७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ, सञ्चालन आम्दानी ६.८६ प्रतिशत घटेर २ अर्ब ५६ करोड १ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको कर्जा लगानी ४ प्रतिशतले बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.८६ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेको छ ।