काठमाडौं – मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा लगातार पाँचौं पटक पुरस्कृत भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. निजि बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु) ३. उत्पादन क्षेत्र ४. शक्ति र उर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार (न्यमि) प्राप्त गरेको छ ।
गत शनिबार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।



About Us
प्रतिक्रिया