३० करोड १०० रुपैयाँको नोट छाप्दै राष्ट्र बैंक, बाेलपत्र आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले १०० रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ। आइतबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो। 

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर ३ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ।