प्रभु महालक्ष्मी लाइफ द्वारा अभिकर्ता तालिम सञ्चालन हुदैँ



काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१।०८२ को विभिन्न मितिहरूमा तीन दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा न्यूनतम एसईई वा सो सरहेको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन सक्नेछन् । यसका लागि इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने कम्पनीको केन्द्रीय, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।