१० रुपैयाँका ३४ करोड थान नोट छाप्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ। सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंक मुद्रण विभागका अनुसार आवेदन आगामी अगस्ट ८, २०२४ मा खुल्नेछ । योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्नेछन्।

छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ।