काठमाडौं –कम्प्युटरको अपरेटिङ सिस्टममा समस्या आएपछि विश्वभर विभिन्न सेवा प्रभावित भएको छ। माइक्रोसफ्टको विन्डोजमै बेलाबेला निलो स्क्रिन देखाएका कारण संसारभर नै कम्प्युटर चलेका थिएनन्। जसका कारण बैंकिङ्ग, उडान, समाचार प्रशारण, दुरसञ्चार, सुपरमार्केट लगायत सेवा प्रभावित भएका हुन्।
माइक्रोसफ्टका कारण नेपालमा पनि करिब ३ घन्टा बैंकिङ्ग सेवा प्रभावित भएको थियो। बिहान ११ बजेदेखि बन्द बैंकिङ्ग सेवा करिब २ बजे खुलेको छ ।



About Us
प्रतिक्रिया