काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको आज (शुक्रबार) देखि एफपीओ निष्कासन खुला भएको छ। सर्वसाधारणका लागि कम्पनीले एफपीओ जारी गरेको हो। इच्छुक सर्वसाधारणले साउन ८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
सूर्योदय र वोमी लघुवित्त एकआपसमा मर्जर भइ बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत शेयर नपुगेपछि एफपीओ जारी हुन लागेको हो। संस्थाले ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्दैछ।
अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गर्ने भएको हो। यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ। न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
प्रतिक्रिया