काठमाडौं – ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासन तथा बिक्री बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ।
बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुनेछ।



About Us
प्रतिक्रिया