काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढ्दै २४०० माथि उक्लिएको छ। आज शेयर बजार नेप्से परिसूचक ५९ दशलमव ६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको छ। आज १४३ कम्पनीको शेयर मूल्य बढ्दा ९५ कम्पनीको मूल्य घटेको छ।
आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ ।
आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



About Us
प्रतिक्रिया