शुक्रबार मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको हो।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ। त्यसअनुसार मस्यौदा पेस भइसकेको छ। व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंकले जनाएको छ।