काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा सुरुवात गरेको छ। बैंकले फोन पेसँगको सहकार्यमा भारतीय पर्यटकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधा सुरु गरेको हो।
सेवाअन्तर्गत भारतीय ग्राहकले बीएचआईएम र फोन पेलगायत भुक्तानी सेवा प्रदायकबाट बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलमा रकम भुक्तानी गर्न सक्नेछन्।
यस प्रकारका सेवाले नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकको छ।
हाल बैंकले १२३ शाखा, एक एक्सटेन्सन काउण्टर र ५१ एटीएमबाट बैंकिङ्ग सेवा दिँदै आएको छ।



About Us
प्रतिक्रिया