फेब्रुअरी महिनाबाट उकालो लाग्दै विटक्वाइन

फेब्रुअरी महिनाबाट उकालो लाग्दै विटक्वाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सन् २०२१ को नोभेम्बर महिनाबाट घटेको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २०२२ को फेब्रुअरीको पहिलो साताबाटै उकालो लाग्दै आएको छ ।

सन् २०२२ को जनवरी २४ मा पछिल्लो समयकै न्यून ३२ हजार ९५० डलर प्रति क्वाइन पुगेको बिटक्वाइनको मूल्य फेब्रुअरी ८ मा आउँदा ४४ हजार ४४५ पुगेको हो । यो वृद्धि गत महिनाको तुलनामा धेरै हो । 

त्यसैगरी इथेरियम अन्तर्गतको इथरको मूल्यमा पनि क्रमिक रुपमा सुधार आएको छ । सन् २०२२ को जनवरी २१ देखि घटेको इथरको मूल्य फेब्रुअरीको सुरुवातबाट नै बढ्दै आइरहेको छ । जनवरीमा २ हजार ६०४ भएको इथरको मूल्य फेब्रुअरीमा बढेर ३ हजार १ सय ६७ डलर पुगेको छ ।

विश्वकै ठूलो इन्फोटेक कम्पनी फेसबुकको माउ कम्पनी मेटाको सेयर घट्दा क्रिप्टोको मूल्य भने बढ्न पुगेको छ । यसले लगानीकर्ताहरु क्रिप्टोकारोबारमा आकर्षित हुँदै गएको पुष्टि गरेको विश्लेषकहरुको भनाई छ ।