काठमाडाैं – साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार शेयर बजार घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव १८ अंकले घटेर २,२४० को विन्दुमा कायम भएको छ। विष्णु पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजारमा करेक्सन देखिएको छ। आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ।
आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन्। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २ का इकाईधनीले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया