सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ। बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।