बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असार २६ मा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको हो। अघिल्लो दिन असार २५ गते पनि सोही रकम बराबरको निक्षेप संकलन भएको थियो ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन १ अर्बले बढेको छ। गत मंगलबार ५७ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले बुधबार ५७ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका हुन्।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ६ अर्बको गिरावट आएको छ। मंगलबारसम्म ५१ खर्ब ५६ अर्ब प्रवाह भएकोमा बुधबार ५१ खर्ब ५० अर्ब मात्र प्रवाह भएको छ। सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा ५ अर्बले घटेको छ। मंगलबार ४५ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बुधबार ४५ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७७.८४ प्रतिशतबाट घट्दै ७८.७५ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९८ कायम भएको छ ।