काठमाडौं– नेपाल बैंक लिमिटेडले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सरकारी स्वामित्वमा सञ्चालन भइरहेको बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साउनमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ भने असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज र रेमिट्यान्समा ७.७५ प्रतिशत प्रदान गरेको थियो ।
त्यस्तै, बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको छ भने असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.७५ प्रतिशतदेखि अधिकतम ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । असार महिनामा आधारदर ७.८८ प्रतिशत कायम भएकाे छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर ३.९९ प्रतिशत कायम भएको छ ।



About Us
प्रतिक्रिया