काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। आज शेयर बजार भारी अंक अर्थात् ५२ अंकले बढेको हो। आज शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ९७ अंकले बढेर २,२५७ को विन्दुमा कायम भएको छ। आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ अंकले घटेको छ।
आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनआरएनको २१ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। जानकी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन्।
प्रतिक्रिया