शेयर बजारमा हरियाली कायमै, पौने एक घण्टामा २ अर्ब बढीको कारोबार

शेयर बजारमा हरियाली कायमै, पौने एक घण्टामा २ अर्ब बढीको कारोबार


काठमाडौं – नयाँ सत्ता समीकरणले शेयर बजारमा हरियाली छाएको छ । फलस्वरुप साताको पहिलो दिन आइतबारको कारोबार सुरु भएको पौने घण्टामा २ अर्ब ३३ करोड ४१ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार तयार पार्दा (११ः ४५) बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.७२ अंकले बढेको छ । योसँगै शेयर बजार २२३५ दशमलव ३३ बिन्दुमा पुगेको छ। 

नयाँ सत्ता समीकरणसँगै अर्थमन्त्रीका रूपमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल आउने खबरले लगानीकर्ताहरूमा उत्साह छाएको अनुमान गर्न सकिन्छ।