कर्जा सदुपयोग गर्न ऋणी स्वयम् गम्भीर हुनुपर्छः गभर्नर


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने व्यक्ति स्वयम् ऋणको सदुपयोग गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धमा आयोजित अन्तरक्रियामा गभर्नर अधिकारीले ऋणी स्वयम् कर्जा सदुपयोग गरी त्यसबाट आम्दानी गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका हुन्। ऋणीले पनि एकपटक चालुपूँजी कर्जाबारे राम्रोसँग अध्ययन गर्नुपर्ने उनले बताए।

उद्योगमा ३ करोड र व्यापारमा १ करोड रुपैयाँसम्मको कर्जामा चालुपूँजी कर्जा मार्गदर्शन लागु नहुने उनले बताए । यस विषयमा व्यवसायीले पनि बुझ्नु पर्ने गभर्नर अधिकारीको भनाइ छ।