काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले ल्याएको सो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन दिन सक्नेछन् ।
त्यस्तै, तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया