ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


काठमाडाैं – प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

ऋणपत्र निष्काशनका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८५ प्राइम डिबेञ्चर २०९१” नामक प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुने रकम ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

त्यसैगरी, ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि समेत) सर्वसाधारणमा बिक्री गरिने छ।