शेयर बजारमा उछाल : नेप्से २२ सय बिन्दु माथि उक्लिदा कारोबार रकम ७ अर्ब ८ करोड

शेयर बजारमा उछाल : नेप्से २२ सय बिन्दु माथि उक्लिदा कारोबार रकम ७ अर्ब ८ करोड


काठमाडौं – साताको अन्तिम कारोबारबो दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार २९ दशलमव २१ अंकले बढेर २,२०४ को विन्दुमा कायम भएको हो। आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सिइडिबी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ। हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन्। सिटिजन सुपर ३० का इकाईधनीले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फण्डका इकाईधनीले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन्।