काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबारको सुरूवाती कारोबारको समयमा शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२ सयकाे बिन्दु नाघेकाे छ । यो समाचार तयार पर्दा (१२ः२५ बजे) सम्ममा परिसूचक २९. १३ अंकले बढेको छ।
यस समयसम्म ५१ लाख ६० हजार ३ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साे समयमा १९५ कम्पनी नाफामा जाँदा, ३३ कम्पनी घाटामा गएका छन् भने ५ कम्पनीको मूल्य स्थिर छ ।
प्रतिक्रिया