काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ। आज शेयर बजार नेप्से परिसूचक २३ दशलमव २५ अंकले बढेर २,१७५ को विन्दुमा कायम भएको छ। आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर भाउ घटेको छ।
आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रतिक्रिया