सामसङ इलेक्ट्रोनिक्सका ३० हजार कर्मचारी किन हड्तालमा उत्रिए ?

सामसङ इलेक्ट्रोनिक्सका ३० हजार कर्मचारी किन हड्तालमा उत्रिए ?


काठमाडौं – दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयलाई लिएर आमहड्ताल सुरु गरेका छन्। इलेक्ट्रोनिक्सको प्रतिनिधित्व गर्ने युनियनले कम्पनीका करिब ३० हजार सदस्यलाई अनिश्चितकालीन हडतालमा सामेल हुन आग्रह गरेसँगै कर्मचारी हड्तालमा उत्रिएका हुन्।

नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनले तीन दिनको आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो। आफ्नो माग पूरा गर्ने अभिप्राय व्यवस्थापनले नदेखाएकोले अनिश्चितकालीन हडतालको निर्णय गरिएको युनियनले जनाएको छ।

सो युनियनले करिब एक चौथाई सामसुङका कर्मचारीको प्रतिनिधित्व गर्ने जनाइएको छ। युनियनले आफ्नो निर्णयले कम्पनीको उत्पादनको काम अवरुद्ध हुने जनाएको छ। युनियनले कम्पनीको राम्रो अभिप्राय नदेखिएकोले दोस्रो चरणको अनिश्चितकालीन हडताल जुलाई १० बाट आव्हान गरिएको जनाएको छ। सामसङ इलेक्ट्रोनिक्स विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो।