काठमाडौं – संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ। सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? लगायतका प्रश्न सोध्दै स्पष्टीकरण मागेको हो।
समितिले बोर्डसँग ‘उक्त कम्पनीको मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?,’ लगायतका प्रश्नकाे जवाफ मागेको छ। बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन, कुन– कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि बुझाउन समितिले आग्रह गरेकाे छ।
‘गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने?, लेखाकाे प्रश्न छ।



About Us
प्रतिक्रिया