काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग गरेको ‘माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता’ को अवधि सकिन लागेकेा छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले यही असार मसान्तमा उक्त सम्झौताहरूको अवधि सकिन लागेकाले नवीकरण तथा थप सम्झौता गर्न आग्रह गरेकाे हाे ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै क, ख, ग बर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई सम्झौता गर्न आग्रह गरेकाे छ। बैंकहरुले राष्ट्र बैंकको बिभिन्न उपकरणबाट तरलता सुविधा लिन उक्त सम्झौता गर्नुपर्ने राष्ट्र बैंक खुला बजार कारोबार विनियमावलीमा व्यवस्था छ ।




About Us
प्रतिक्रिया