काठमाडौं – अग्राधिकार शेयर जारी गर्नका लागि २ वाणिज्य बैंक र एक विकास बैंकले प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंककाअनुसार नबिल बैंक, एनआइसी एशिया बैंक र कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्नका लागि प्रस्ताव गरेका हुन्। राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धमा विभिन्न १२ मापदण्ड तोकेको छ। यसमा कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार शेयरलाई शेयरकै रूपमा परिवर्तन गर्न पाइने व्यवस्था समेत छ।
यस्तो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने लगायतका व्यवस्था पनि गरिएको छ।
प्रतिक्रिया