काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घट्दा पनि बजारबाट कर्जाको माग बढ्न नसकेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैठकमा उनले पछिल्लो चरण बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको उल्लेख गरेका हुन्। उनले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीका लागि सबैको समन्वय आवश्यक रहेको बताए।
उनले दक्षिण एशियामा नेपालको पोलिसी रेट कम रहेको बताए । ‘अर्थतन्त्रमा शिथिलता छ । त्यसको लागि सबैको समन्वय आवश्यक छ,’ गभर्नरले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्याहरू छन् । तिनीहरूलाई चिर्नु छ । राष्ट्र बैंकले बैकको ब्याजदर निर्धारण गर्न बजारलाई छाडेको छ । बजारमा तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्छ । बजारलाई उद्योगी र व्यापारी वा राष्ट्र बैंकले स्वीकार गर्नुपर्छ ।’
उनले राष्ट्र बैंकले २०४७ सालदेखि ब्याजदर निर्धारण गर्न बजारलाई छाडेको बताउँदै बजारमा भएको तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्ने गरेको रत्यसलाई उद्योगी तथा व्यापारी साथै राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्र बैंक उत्पादनमूलक क्षेत्रमा गुणस्तर कर्जा प्रवाह गरी रोजगारी सिर्जना गर्ने खालका कर्जा बढाउने पक्षमा रहेको बताए ।
उनले बैंकहरूमा निष्क्रिय कर्जा बढेको भन्दै निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोभिडले पारेको प्रभाव भएको उल्लेख गरे ।



About Us
प्रतिक्रिया