ऋण तिर्न नसक्दा ५० हजार ऋणी खराब सूचीमा

ऋण तिर्न नसक्दा ५० हजार ऋणी खराब सूचीमा


काठमाडौं – पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या बढ्दै गएको छ। आर्थिक मन्दीका कारण पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या दिनानुदिन बढ्दै गएको हो। अहिले दैनिक खराब सूचीमा पर्नेकाे संख्या ३ सयकाे हाराहारीमा रहेकाे छ।

चालु आर्थिक वर्ष २०८०/८१ को असारको तेस्रो सातासम्मको तथ्यांकलाई हेर्ने हो भने खराब सूचीमा पर्नेको संख्या ५० हजार पुगेको छ। चालु आर्थिक वर्षको १२ महिना (गत साउनदेखि असार २२ सम्म) ४९ हजार ९ सय ३९ व्यक्ति र संस्था खराब सूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०८१ असर २२ गतेसम्म एक लाख २४ हजार ९ सय ५३ व्यक्ति र संस्था खराब सूचीमा परेका हुन्। गत आर्थिक वर्षको अन्त्यसम्म खराब सूचीमा पर्ने ऋणीको संख्या ७५ हजार १४ थियो।

जसमध्ये अधिकांश चेक बाउन्सका कारण र बाँकी ऋण गर्न नसक्दा खराब सूचीमा पर्ने गरेको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्तिहरू खराब सूचीमा परेको केन्द्रले जनाएको छ। खराब सूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ।