नेप्से परिसूचक दोहोरो अंकले बढ्दा साढे ६ अर्बको कारोबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा साढे ६ अर्बको कारोबार


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। योसँगै बजार लगातार पाँचौ दिन उकालो लागेको हाे।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अकं अर्थात १ प्रतिशतले बढेर २१४०.९७ बिन्दुमा बन्द भएको छ। आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको छ।

आइतबार १० उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ्ग समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८५ प्रतिशत लगायत १० उपसूचकमा हरियाली आएको हो।