काठमाडौं – नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेस गर्न समय अवधि थपेको छ । देशका १० ठूला बैंकको लेखा परीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले प्रस्ताव पेस नगरेपछि केन्द्रीय बैंकले समय थपेको हो ।
प्रस्ताव पेस गर्न पहिलेकाे समयभन्दा थप ८ दिन समय दिइएको छ । नयाँ समयतालिका अनुसार अब असार ३१ गते प्राविधिक प्रस्ताव खोल्ने काम हुनेछ ।
आईएमएफ र नेपाल सरकारबीच सम्झौता भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखा परीक्षण रहेको थियो । यसै अन्तर्गत रहेर १० वाणिज्य बैंकको लेखा परीक्षण गरिने भएको हो ।



About Us
प्रतिक्रिया